सूचनाको शक्ति - The Power Of Information

        

पत्नी अर्काे पार्टीमा प्रवेश गरेपछि सम्बन्धविच्छेद !

भाजपा सांसद सौमित्र खान र उनकी पत्नी सुजाता

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का नेता एवं सांसद सौमित्र खानले आफ्नी पत्नी सुजता मण्डल तृणमूल काँग्रेस पार्टी प्रवेश गरेको रिसमा उनीसँग सम्बन्धविच्छेद गर्ने घोषणा गरेका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा सांसद खानले भने, ‘सुजताले जुन निर्णय गरेकी छन्, त्यसमा मेरो असहमति छ, यहाँका हजारौंले मलाई भोट दिएका छन्, पार्टी (भाजपा)प्रति मेरो महत्वपूर्ण दायित्व छ । म भाजपाका लागि लड्छु ।’

उनले अगाडि भनेका छन्, ‘तृणमूल कांग्रेसलाई पराजित गर्न म आफ्ना सबै कुरा त्याग गरेर भाजपाका लागि काम गर्छु । आजदेखि आमा बुबाबाहेक मेरा कोही छैनन् । आज (सोमबार) तिमीलाई म तलाक (सम्बन्धविच्छेद)को निवेदन दिँदैछु । आजदेखि तिमीलाई म त्याग गर्दैछु ।’ भारतीय सञ्चारमाध्यमका अनुसार तृणमूल काँग्रेसले उनलाई प्रश्न गरेको छ, ‘एक महिलाको घरबार बिगारेर तपाईं कस्तो राजनीति गरिरहनुभएको छ ?’

प्रकाशित मिति : ७ पुष २०७७, मंगलवार ०६:५५