२०७७ पुस ७ गते, मंगलवार, २२ डिसेम्बर २०२० । मार्ग शुक्लपक्ष, अष्टमी तिथि । उत्तरभाद्रपदा नक्षत्र। चन्द्रराशि– मीन ।
ज्यो.प.नारायणप्रसाद दुलाल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनमा दुविधा उत्पन्न हुनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सहकर्मीबाट विरोध आउला । स्वास्थ्य बिग्रेर बिग्र भय पनि छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज आँटेको र ताकेको कार्य पुरा होला । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । लाभदायक र सुखद् यात्रा हुने योग पनि छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अधिकार प्राप्तिको लागि संघर्ष गर्नुपर्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । स्वास्थ्य विग्रिएला । आर्थिक कारोवारमा बिवाद आउन सक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
वैदेशिक कार्य अघि बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । लाभदायक यात्रा रहला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
पार्टी तथा सेमिनारमा सहभागी भइएला । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । लाभदायक यात्रा रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । पारिवारिक सहयोग मिल्ला । दिनको उत्तरार्ध सुखद् रहनेछ । आकस्मिक धन लाभ हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
ठीक समयमा सही निर्णय लिन सकिनेछ । पारिवारिक सहयोग मिल्ला । कला र गलाको प्रभाव बढ्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज दैनिक कार्यमा प्रगति हुनेछ । साथीभाईसँग समय बित्नेछ । रमणीय र सुखद् यात्राको योग छ । जोश जाँगर र हिम्मत बढ्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
रमणीय यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । बौद्धिकताको विकास हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय पनि रहेको छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज नयाँ रोजगारको अवसर मिलनेछ । प्रयत्न गरे फाइदा लिन सकिनेछ । आफन्त वा बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
जोश, जाँगर र उमंग बढ्ला । चिताएको कामले तीव्रता लिनेछ । बैदेशिक कार्य अघि बढ्नेछ । आर्थिक कारोवारमा सफलता पाइएला ।
सत्यपाटी ।