काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले केन्द्रीय कमिटीको बैठक बोलाउनुभएको छ ।
प्रधानमन्त्री ओलीले मंगलबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाउनुभएको हो ।
यसअघि आइतबार ओली पक्ष सहभागि नभएको स्थायी कमिटीको बैठकले मंगलबार दिउँसो १ बजेका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो ।
पुष्पकमल दाहालको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो ।
दाहाल–नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठक अगावै प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटी बैठक बोलाउनुभएको हो ।
सत्यपाटी ।