सूचनाको शक्ति - The Power Of Information

        

देशवासीमा नाममा सम्बोधन

म बाहिर रहेको बेला देश डुब्न लाग्यो भन्दै प्रचार गरियो : प्रधानमन्त्री

संसद विघटन आकस्मिक होइन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू देशबाहिर रहेको बेला देश डुब्न लागेको भन्दै आफ्ना पार्टीका नेताहरुले प्रचार गरेको आरोप लगाएका छन् । देशवासीमा नाममा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन ।

उनले एक अध्यक्षले पार्टी र अर्को अध्यक्षले सरकार चलाउने भने पनि सो अनुरुप पार्टी चल्न नसकेको बताए । उनले भने,“यो बीचमा पार्टी एकताका काम कति भए । जनता संकटमा रहेका बेला जनपरिचालन कति भयो । यो सबै देखिएकै छ ।”

प्रधानमन्त्री ओलीले संसद विघटनको निर्णय आकस्मिक नभएको बताएका छन् । उनले राष्ट्रिय राजनीति र पार्टीभित्रकै केही नेताको जनअपेक्षा विपरितका गतिविधिका कारण यो अवस्था सिर्जना भएको बताए ।

प्रकाशित मिति : ६ पुष २०७७, सोमबार १५:३३