सूचनाको शक्ति - The Power Of Information

        

संविधान अनुसार संसद जिवित नै छः जनार्दन शर्मा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले संसद जीवित नै रहेको बताउनुभएको छ ।

संसद विघटन गरेर चुनावको मितिसमेत घोषणा भइसकेको अवस्थामा नेकपा सांसदसमेत रहनुभएका उहाँले यस्तो बताउनुभएको हो ।

‘संविधान अनुसार संसद जिवित नै छ,’ शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट संसद विघटन सम्बन्धी प्रस्ताव अनुमोदन भएको थियो ।

प्रधानमन्त्री ओलीले संविधानमै नभएको व्यवस्थाअनुसार संसद विघटन गरेको भन्दै नेकपा भित्रैबाट र प्रतिपक्षी दलहरूले विरोध गरिरहेका छन ।

प्रकाशित मिति : ६ पुष २०७७, सोमबार १०:४८