सूचनाको शक्ति - The Power Of Information

        

मोटरसाइकलको ठक्करबाट कुपण्डोलमा एक जानको ज्यान गयो

काठमाडौं । काठमाण्डौको कुपण्डोलमा गुडिरहेको मोटरसाइकलले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।

नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट गएराति सडकमा बसीरहेका एक पुरुषको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ज्यान गुमाएका व्यक्तिको परिचय खुलेको छ ।

ठक्कर दिने मोटरसाइकल र मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ पुष २०७७, सोमबार ०८:२४