सूचनाको शक्ति - The Power Of Information

        

अफगानिस्तानमा बम बिस्फोट, ९ को मृत्यु, मन्त्रीसहित २० बढी घाइते

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा बम बिस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ ।

बिस्फोटमा परेर अफगानिस्तानका आन्तरिक मामिला मन्त्री मसुद अन्दाराबीसहित २० जना भन्दा बढी घाइते भएका छन् ।

घटना लगत्तै सुरक्षा व्यवस्था कडा गरी अनुसन्धान थालिएको छ । बिस्फोटका कारण कयौं सवारीसाधन र घरहरुमा क्षति पुगेको छ ।

यसअघि गत मंगलबार भएको बिस्फोटमा प्रान्तीय गभर्नरसहित तीन जनाको मृत्यु भएको थियो ।

तालिवान विद्रोही र अफगान सरकारबीच शान्ति वार्ताका लागि वार्ता जारी रहेकै बेला बिस्फेटका घटनाहरु हुन थालेपछि अफगान सरकार सशंकित बनेको छ । एजेन्सी

प्रकाशित मिति : ६ पुष २०७७, सोमबार ०८:१६