सूचनाको शक्ति - The Power Of Information

        

टोटनह्यामलाई हराउँदै लेष्टर प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेड र लेष्टर सिटीले शानदार जित निकालेका छन् ।

गएराति भएको खेलमा उपाधि दावेदार टोटनह्याम हट्सपरलाई २–० ले हराउँदै लेष्टर सिटी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

टोटनह्यामको मैदानमा भएको खेलमा लेष्टरलाई विजयी गराउन जेमी भार्डीले एक गोल गरे । टोटनह्यामका डिफेन्डर टोबी अल्डरवेराल्डले एक आत्माघाति गोल गरेपछि लेष्टर २–० ले विजयी भयो ।

प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले लिड्स युनाईटेडलाई ६–२ ले हराएको छ । म्यान्चेस्टरलाई फराकिलो जित दिलाउन स्कट म्याक्टोमिने र ब्रुनो फर्नान्डेजले दुई दुई गोल गर्दा भिक्टर लिन्डेलफ र ड्यानियल जेम्सले एक एक गोल थपे ।

पराजित टोली लिड्सका लागि लियाम कुपर र स्टुवार्ट डालसले एक एक गोल फर्काए । प्रिमियर लिगकै अर्को खेलमा एस्टन भिल्लाले वेष्ट ब्रोमलाई ३–० ले हराउँदा ब्राइटनले शेफिल्ड युनाईटेडसँग १–१ गोलको बराबरी खेलेको छ ।

गएरातिका खेलहरुपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा १४ खेलबाट ३१ अंक जोडेको लिभरपुल शिर्ष स्थानमा छ । २७ अंकसहित लेष्टर सिटी दोस्रो स्थान उक्लिंदा तेस्रो स्थानको म्यान्चेस्टरयुनाईटेड र चौथो स्थानको एभर्टनको समान २६ अंक रहेको छ । एजेन्सी

प्रकाशित मिति : ६ पुष २०७७, सोमबार ०८:१५