सूचनाको शक्ति - The Power Of Information

        

अन्तैबाट

संसद् विघटन : हेरौं हिजो दिनभरका ९० समाचार

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरेकी छन् । आइतबार बिहान बोलाइएको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले नयाँ जनादेशका लागि संसद् विघटन गर्न लागेको बताउँदै सिफारिस लिएर राष्ट्रपति कार्यालय पुगेका थिए । उनले सिफारिसपत्र बुझाएको केहीबेरमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेको जानकारी विज्ञप्तिमार्फत गराइएको थियो । 

हेरौँ, दिनभर संसद् विघटनपछिको अवस्था ९० समाचारमा 

१–बालुवाटारमा मन्‍त्रिपरिषद्‌को आकस्मिक बैठक जारी

२–प्रधानमन्‍त्री ओलीद्वारा संसद् विघटनको सिफारिस

३–संविधानविपरीत प्रधानमन्‍त्रीले संसद् विघटनको प्रस्ताव राखे : बाबुराम भट्टराई

४–संसद्‌ विघटनको सिफारिसप्रति कांग्रेस संसदीय दल गण्डकीको भर्त्सना

५–संसद् विघटनको सिफारिस बोकेर प्रधानमन्त्री शीतलनिवासमा 

६–ओलीले लोकतन्त्रविरोधी काम गरे, डटेर सामना गर्छौं : खनाल

७–कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार

८–विद्या भण्डारी राष्ट्रपति होइन, केपी ग्याङको सदस्य मात्रै : गगन

९–मंगलबार नेकपाको आकस्मिक केन्द्रीय कमिटी बोलाइयो, ओलीलाई कारवाहीको प्रस्ताव लगिने

१०–प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको चार घण्टापछि संसद् विघटन कसरी होला कार्यान्वयन ?

११–महरा स्थायी कमिटी सदस्यमा चयन

१२–केपी ओलीलाई कारवाही, राष्ट्रपतिविरुद्ध खेद

१३–केपी ओलीलाई अनुशासनको कारवाही गर्ने नेकपा निर्णय

१४–प्रधानमन्त्री ओली सुरक्षा निकायका प्रमुखहरुसँग छलफलमा 

१५–नेकपाकै सांसदहरु भन्छन्- संसद् विघटन पार्टीभित्रको आन्तरिक संकटको परिणाम

१६–स्थायी कमिटीमा ओलीसमूहका नेता अनुपस्थित 

१७–अविश्वासको प्रस्तावमा भावी प्रधानमन्त्रीका लागि प्रचण्डलाई अघि सारिएको थियो !

१८–नेकपा स्थायी कमिटीको बैठक बालुवाटारमा सुरू

१९–एकैचरणमा २७ गते मतदानको समय तोक्न निर्वाचन आयोगको आग्रह 

२०–नयाँ चुनावबारे प्रधानमन्त्रीले गरे निर्वाचन आयोगसँग छलफल

२१–नेकपा स्थायी कमिटीको बैठक बालुवाटारमा बस्दै 

२२–के छ धारा ७६ र ८५ मा ?

२३–सुरक्षा परिषद् बैठकको तयारी

२४–प्रचण्ड र नेपाल समूहका ७ मन्त्रीले दिए राजीनामा, बादल र लेखराज भट्टले दिएनन् 

२५–सातजना मन्त्रीले दिए सामूहिक राजीनामा 

२६–संसद् विघटन अधिनायकवाद र निरंकुशताको पराकाष्ठा, प्रतिवाद गरौं  : जसपा

२७–प्रधानमन्त्रीविरुद्ध साढे १० बजे नै संसद्‍मा दर्ता भएको थियो अविश्वासको प्रस्ताव 

२८–संसद् विघटनको विरोधमा कांग्रेस सडकमा

२९–ओलीको कदमले गणतन्त्रका मूल्यमान्यतालाई समाप्त गर्नेछ : वामदेव गौतम 

३०–अख्तियारमा देउवाको जोडमा आयुक्त सिफारिस, कहाँ को (सूचीसहित)

३१–संसद् विघटन भयो, अब न्यायालयको भर !

३२–सभामुख सापकोटा परामर्शमा : संसदको विशेषाधिकारबारे राय लिँदै

३३–संसद् विघटनविरुद्ध कांग्रेस सडकमा : ४ बजे गगन थापाले सम्बोधन गर्ने 

३४–संवैधानिक निकायमा रिक्त सबै पदमा सिफारिस, अख्तियार प्रमुखमा प्रेमकुमार राई 

३५–पाँच मन्त्रीद्वारा पत्रकार सम्मेलन गरिँदै !

३६–संसद् विघटनको प्रस्तावविरुद्ध माइतीघरमा नेविसंघको प्रदर्शन (तस्बिरसहित)

३७–राष्ट्रपतिद्वारा ‘द्रुत गति’मा संसद् विघटन, वैशाखमा दुई चरणको निर्वाचन प्रस्ताव

३८–राष्ट्रपतिद्वारा संसद् विघटन, वैशाख १७ र २७ गते निर्वाचन 

३९–संसद् विघटनको प्रस्तावविरुद्ध देशभर प्रदर्शन

४०–जनार्दन शर्माको आरोप- केपी ओलीले संविधानको अपहरण गरे

४१–घटनाक्रम नियालिरहेका छौँ, सुरक्षा चासो प्राथमिकता हो : नेपाली सेना

४२–प्रचण्ड–नेपाल समूहका मन्त्रीहरू सामूहिक राजीनामाका लागि परामर्शमा !

४३–राष्ट्रपति कार्यालय भन्छ- संसद् विघटनको प्रस्ताव आएको छैन

४४–प्रधानमन्त्रीले संसद्‌बाटै सबै कुराको सामना गर्नुपर्थ्यो : पूर्वसभामुख महरा

४५–ओलीसँग छलफल गर्न बालुवाटार पुगे प्रचण्ड 

४६–गोकुल बाँस्कोटाको प्रश्न–प्रधानमन्त्रीको कदमलाई गैरसंवैधानिक भन्ने को हो ?

४७–संसद् विघटन : पोखरामा सत्तारुढकै विरोध, टायर बालियो-प्रहरीमाथि ढुंगा हानियो

४८–ओलीको कदमविरुद्धमा पोखरामा नेकपानिकट विद्यार्थीको प्रदर्शन, प्रहरीमाथि ढुंगा प्रहार 

४९–प्रचण्डसहितका नेताहरुको बैठक सकियो, राजनीतिक र संवैधानिक कदम चाल्ने निर्णय

५०–शीतलनिवासबाट फर्किए ओली

५१–राष्ट्रपतिबाटै संसद् विघटन रोकिन्छ नरोके अदालतले रोक्छ : संविधानविद् ज्ञवाली

५२–संसद् विघटनको प्रस्तावलाई समर्थन गरौं : अध्यक्ष महर

५३–प्रधानमन्त्रीको कदम २०१७ सालको पुनरावृत्ति : पम्फा भुसाल

५४–अधिनायकवादी आकांक्षाको अन्तिम प्रयत्‍नलाई असफल पार्न राष्ट्रपतिलाई कांग्रेसको अपिल

५५–राष्ट्रपतिले अब के गर्न मिल्छ ?

५६–मन्त्रीहरूका लागि त्यो पीडादायी २५ मिनेट

५७–‘संविधान र लोकतन्त्र रोज्‍ने कि सरकारका निर्णय सदर मात्र : सुरु भयो राष्ट्रपतिको परीक्षा’

५८–प्रधानमन्त्रीको राष्ट्रघाती कदमविरुद्ध विरोधमा उत्रिन रवीन्द्र मिश्रको आह्वान 

५९–प्रचण्डसँग कुरा गर्न चाहेनन् प्रधानमन्त्री ओली

६०–ओलीले पार्टीभित्र बहुमत गुमाइसके : माधव नेपाल

६१–मन्त्रिपरिषद्मा कसैका कुरा सुनेनन्, नयाँ जनादेशमा जानुपर्ने भयो भन्दै उठे प्रधानमन्त्री

६२–राप्रपाको आकस्मिक बैठक आह्वान

६३–प्रधानमन्‍त्रीको गलत कदम राष्ट्रपतिले सच्याउनुपर्छ : शशांक कोइराला

६४–‘संसद् फेस गर्न सक्दिनँ भन्ने लाग्यो भने प्रधानमन्त्रीले राजीनामा दिने हो, विघटनको सिफारिस गर्ने अधिकार छैन’

६५–‘राष्ट्रपतिले विपक्षी दल र कानुनविद्‌सँग छलफल गरेर संसद् विघटनको सिफारिस फिर्ता गर्नुपर्छ’

६६–प्रचण्ड निवास खुमलटारमा नेताहरू छलफलमा

६७–संसद् विघटन संविधानविपरीत : पौडेल

६८–संवैधानिक कू : भीमार्जुन आचार्य

६९–राजनीतिक स्थिरताका लागि दिएको दुईतिहाइलाई नेकपाले जोगाउन सकेन : सिंह

७०–ओलीको अयोग्यता र अहंकारसँगै नेकपाको वैधता सकियो : गगन थापा

७१–प्रधानमन्त्रीको अधिनायक आकांक्षाको अन्तिम प्रयत्‍न : कांग्रेस प्रवक्ता शर्मा

७२–संसद् विघटनविरुद्ध कांग्रेसको चारबुँदे निर्णय : अधिनायक सरकारले जनमतको अपमान गर्‍यो

७३–आज सिफारिस भएका संवैधानिक निकायका पदाधिकारीको संसदीय सुनुवाइ नहुने

७४–नेपाली कांग्रेसले भन्यो- ओलीले संसद् विघटन गरेर संविधानको चीरहरण गरे

७५–प्रधानमन्त्रीको कदमपछि देशभर सुरक्षा ‘अलर्ट’

७६–संसद् विघटन : कोइराला र देउवाकै पदचिह्नमा ओली ?

७७–ओलीद्वारा संविधानविरुद्ध नै ‘कू’, सर्वोच्चको अग्निपरीक्षा

७८–राष्ट्रपतिलाई लोकतन्त्र जाेगाउने अभिभारा र अवसर

७९–ऊर्जामन्त्री पुनले छाडे गाडी र सरकारी निवास 

८०–संसद् विघटन प्रभाव : सेयर बजार राताम्य, सबै उपसूचक घट्यो 

८१–संसद् विघटन : उद्योगी व्यवसायीले भने- निजी क्षेत्रलाई निरुत्साही बनाउँछ

८२–प्रधानमन्त्रीको मतियार बनिन् राष्ट्रपति–त्रिपाठी

८३–सडकले संसद् ब्युँताएको इतिहास छ 

८४–संसद् विघटन गर्नै मिल्दैन–खड्का

८५–ओलीको कदम खतरनाक–कार्की 

८६–ओलीले देशलाई निरंकुशतातर्फ लगे–अधिवक्ता केसी

८७–संसद् विघटनको प्रस्तावविरुद्ध भृकुटीमण्डपमा ओलीको पुतला जलाइयो (तस्बिरसहित)

८८–ओलीको कदमको तीन दलले संयुक्त प्रतिवाद गर्ने 

८९–नेकपाको दुर्दशा : कलह, विग्रह हुँदै विभाजनको बाटो

९०–अविश्‍वासको प्रस्ताव रोक्न असफल भएपछि संसद् विघटन : शंकर पोखरेल

 

#बाह्रखरीबाट

प्रकाशित मिति : ६ पुष २०७७, सोमबार ०६:५८