सूचनाको शक्ति - The Power Of Information

        

बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा ओली र उनी निकटका स्थायी कमिटी सदस्यहरु भने सहभागी छैनन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेको दिन नेकपा स्थायी कमिटीको बैठक बसेको हो । नेकपाका नेताहरुले प्रधानमन्त्रीको उक्त निर्णयबारे आइतबारै स्थायी कमिटी बैठकमा छलफल गर्ने बताउँदै आएका थिए ।

प्रकाशित मिति : ५ पुष २०७७, आइतवार १७:२६