सूचनाको शक्ति - The Power Of Information

        

साहारा नेपालको सामाजिक परिक्षण सकियो

बझाङ । जिल्लामा कार्यरत साहारा नेपाल नामक गैरसरकारी संस्थाले आइतबार सामाजिक परिक्षण गरेको छ । संस्थाले आफ्नो परियोजना लागु भएका पालिकाका सेवाग्राही लक्षीत वर्गहरु र सरोकारवालाहरुको सहभागितामा सामाजिक परिक्षण कार्यक्रम गरेको हो ।

कार्यक्रममा संस्थाले आर्थिक बर्ष २०७६÷०७७ मा संस्थाबाट सञ्चालित सुशासन परियोजना, पानी परियोजनाबाट भएका क्रियाकलाप र उपलब्धी खर्चसहित प्रस्तुत गरेको थियो । सुशासन परियोजना मष्टा गाउँपालिका र जयपृथ्वी नगरपालिकामा विभिन्न गतिविधि गर्दै आएको छ भने पानी परियोजना तलकोट गाउँपालिका र जयपृथ्वी नगरपालिकामा सञ्चालन भैरहेको छ ।

सुसासन परियोजनाबाट पछाडि परेका वर्ग समुदायलाई नीति निर्माणमा सहभागिता हुन नेतृत्व विकास गराउने, योजना तर्जुमामा नागरिकको संलग्नता बढाउने खालका गतिविधि गर्दै आएको छ । साथै स्थानीय तहको सार्वजनीक खर्च पनि पछ्याउँदै आएको छ । सूचनाको हकको नागरिकलाई जानकारी दिने र स्थानीय तहको सूचना प्रविधिमा सहयोग गर्दै आएको सुशासन परियोजनाका जिल्ला संयोजक डम्मर सुनारले जानकारी दिए ।

सुशासन परियोजनाका जिल्ला संयोजक डम्बर सुनारले परियोजनाबाट भएका गतिविधिहरुका बारेमा जानकारी गराएका थिए भने पानी परियोजनाका जिल्ला संयोजक शिवराज जोशीले परियोजनाबाट भएका गतिविधिहरु सार्वजनीक गरेका थिए । साथै सामाजिक परिक्षण कार्यक्रममा संस्थाको सम्पूर्ण आय व्ययसहित संस्थाको सम्पति विवरण पनी सार्वजनीक गरिएको थियो ।

कार्यक्रममा सहभागि भएकाहरुले संस्थाबाट संचालित कार्यक्रमहरुले समुदायमा राम्रो फाइदा गरेको र नागरिकहरुलाइ स्थानीय तहका गतिविधिका बारेमा जानकारी लिन क्षमता बढेको सहभागी पुष्पा सिंहले बताइन् । साहारा नेपालका अध्यक्ष ज्ञानबहादुर बोहोराको अध्यक्षतामा संचालन भएको सामाजिक परिक्षणमा कार्यक्रमको औचित्यबारे संस्थाताका उपाध्यक्ष भानुभतm जोशीले प्रष्ट पारेका थिए ।

सामाजिक परिक्षणको सहजीकरण नेपाल पत्रकार महासंघ बझाङ शाखा अध्यक्ष जगदीस रोकायाले गरेका थिए । साहारा नेपाल संस्थाले यसअघि पनि विभिन्न दातृ निकायको साझेदारीमा सञ्चालित परियोजनाबाट समुदायमा भएको गतिविधिबारे सामाजिक परिक्षण कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति : ५ पुष २०७७, आइतवार १५:५४