बाँके । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आज नरैनापुर गाउँपालिकामा ‘बाँके जिल्ला लागुऔषध निष्तेज महाअभियान २०७७’ अन्तरगत सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
जिल्लामा लागुपदार्थ नियन्त्रण दिन प्रतिदिन चुनौतिपूर्ण बन्दै गएको र यसको कुलतमा बालबालिका फस्दै गएको अवस्थालाई दुष्टिगत गरी नियन्त्रणको महाअभियान सञ्चालन गरिएको आयोजकले जानकारी दिइएको थियो ।
कार्यक्रममा अतिथिहरुले दुव्र्यसनबाट बालबालिकालाई जोगाउन अभिभावकहरुलाई निगरानीकर्ताको जिम्मेवारीसमेत दिइनुपर्नेमा जोड दिँदै यो महाअभियानमा सबै पक्षसँग साझेदारी र समन्वय हुनुपर्ने बताए ।
बाँकेका ८० प्रतिशत लागुऔषध कारोवारी र दुव्र्यसनीका कारण नै चोरी, डाँका, लुटपाट, झैझगडाका अधिकांश घटना हुने गरेको भन्दै कार्यक्रमका अथितिहरुले यसका लागि समुदाय र प्रहरीबीच समन्वय र सहकार्य जरुरी रहेको बताए ।
कार्यक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह, उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तव, प्रमूख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही, बाँकेका प्रहरी प्रमूख एवं प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर राना लगायतको सहभागिता थियो ।
नरैनापुर गाउँपालिका–२, स्थित प्राथमिक स्वास्थ्य चौकी लक्ष्मणपुरको प्राङ्गणमा सम्पन्न कार्यक्रमको आयोजना इलाका प्रहरी कार्यालय भगवानपुरले गरेको थियो भने कार्यक्रमको समन्वय नरैनापुर र राप्तीसोनारी गाउँपालिकाले गरेका थिए । कार्यक्रममा नरैनापुरका स्थानीय नागरिकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
सत्यपाटी ।