सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्रीको कदमपछि शेयर बजारमा निराशा

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेसँगै शेयर बजार ओरालो दिशामा गएको छ।

राजनीतिक अनिश्चय बढेसँगै लगानीकर्ताहरू निराश हुँदा बजार घटेको हो। १ बजेसम्ममा शेयर बजार परिसूचक (नेप्से) ४६ अंकले घटेको छ। बजार खुलेलगत्तै बजार ७० अंकसम्मले तल ओर्लिएको थियो।

उत्पादनमूलक समूहबाट सबै समूहका उपसूचक नकारात्मक भएका छन्। सबैभन्दा धेरै अन्य समूह ४.०१ र जलविद्युत ३.२६ प्रतिशतले घटेका छन्। कारोबार भएकामध्ये १३ कम्पनीको मात्र शेयर मूल्य बढेको छ। १५५ कम्पनीको शेयर मूल्य घटेको छ।

संसद विघटनको सिफारिससँगै राजनीतिक अनिश्चय आउने र यसले अर्थतन्त्रमा नकारात्मक असर पर्ने लगानीकर्ताको मनोविज्ञानका कारण बजार ओरालो झरेको हो।

प्रकाशित मिति : ५ पुष २०७७, आइतवार १३:१२