काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्तावसँगै आम निर्वाचनको प्रस्तावसमेत गरेका छन् । शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर निर्वाचनबारे प्रस्ताव राखेका हुन् । २०७८ वैशाख २३ वा वैशाखभित्रै आम निर्वाचन गर्ने प्रस्ताव राष्ट्रपति समक्ष प्रधानमन्त्रीले राखेका छन् ।
बहुमतप्राप्त प्रधानमन्त्रीले पार्टीभित्रैका नेताहरुको चुपेवामा परेपछि यस्तो कदम चालेको बताइन्छ । मंसिर ३० मा मात्र प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएका थिए । उक्त अध्यादेश फिर्ता गर्ने निर्णय भए पनि फिर्ता भने भइसकेको छैन । निर्वाचन र संसद् विघटनबारे राष्ट्रपतिले सिफारिस गरेपछिमात्र प्रमाणित हुन्छ ।
सत्यपाटी ।