सूचनाको शक्ति - The Power Of Information

        

नेकपा सम्वद्ध युवा संघको आह्वान, ‘संसद विघटनविरुद्ध सडक आन्दोलन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिसको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा सम्वद्ध राष्ट्रिय युवा संघले विरोध गरेको छ । संघका अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखाले सरकारको उक्त कदमको विरोधमा सडकमा आन्दोलन चर्काउने बताउँदै सडकमा जान युवालाई आह्वान गरेको बताएका छन् ।

उनले भने, ‘सम्पूर्ण युवाहरुलाई अपिल गर्दछु, संसद विघटनका विरुद्ध सडकमा जाऔं ।’ प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेपछि देशभर सुरक्षा ‘अलर्ट’ गरिएको छ । देशका विभिन्न स्थानमा हुनसक्ने प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको हो ।

एक उच्च सुरक्षा अधिकारीका अनुसार अनौपचारिक रुपमा मुलुकका सबै सुरक्षा निकायले आ(आफ्नै हिसाबले सतर्कता बढाएका हुन् । प्रधानमन्त्रीको पछिल्लो कदमले मुलुकका थप संकट निम्तन सक्ने सुरक्षा निकायको विश्लेषण छ ।

प्रकाशित मिति : ५ पुष २०७७, आइतवार १२:३८