सूचनाको शक्ति - The Power Of Information

        

संसद विघटनको निर्णय ‘अराजक’ : वरिष्ठ नेता नेपाल

काठमाडौं । सत्तारूढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय असंवैधानिक, अमर्यादित र अराजक भएको बताएका छन् ।

पार्टी विवाद चरमोत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठकमार्फत संसद विघटको सिफारिस गरेकोमा कडा आपत्ति जनाउँदै नेता नेपालले ओलीको उक्त कदम ‘अराजक’ भएको बताएका छन् ।

ओलीको यो कदमले लोकतन्त्रमाथि नै प्रहार गरेकाले अझै पनि पार्टीमा आवश्यक छलफल गरेर अघि बढ्ने उनले बताए । ओलीले यो सिफारिस तत्काल फिर्ता गर्नुपर्ने पनि उनले माग गरेका छन् ।

प्रकाशित मिति : ५ पुष २०७७, आइतवार १२:११