काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले जनताले नेकपालाई दिएको मतको वैधता सकिएको बताएका छन्।
थापाले मन्त्रिपरिषदले संसद् विघटन गर्ने सिफारिस गरेसँगै नेकपालाई जनताले पाँच वर्षको लागि दिएको मतको वैधता सकिएको बताएका हुन्। थापाका अनुसार संविधानमा पाँच वर्ष संसद् चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ।
संविधान विपरीत प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको निर्णय गरेको थापाले बताएका छन्। उनले भनेका छन्, ‘यो निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ।’
आइतबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपति समक्ष संसद् विघटनको सिफारिस गरेको छ।
सत्यपाटी ।