सूचनाको शक्ति - The Power Of Information

        

BREAKING

प्रचण्डले भने, ‘संसद विघटनको सिफारिस गरेर गणतन्त्रमाथि प्रधानमन्त्रीले ‘कू’ गर्नुभयो’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटनको सिफारिस गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रमाथि ‘कू’ गरेको बताएका छन् ।

आइतबार प्रधानमन्त्री ओलीले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेलगत्तै छलफलका लागि बालुवाटार पुगेका कार्यकारी अध्यक्ष प्रचण्डले यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन् । ‘संसद विघटनको सिफारिस गरेर प्रधानमन्त्रीले संघीय गणतन्त्रमाथि ‘कू’ गर्नुभयो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै प्रेस संयोजक विष्णु सापकोटाले भने ।

उनले प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डसँग भेट्न नमानेको र आफूहरु खुमलटार फर्किँदै गरेको जनाकारी दिए । ‘प्रधानमन्त्रीले अध्यक्षज्यूसँग भेट्न मान्नुभएन, हामी खुमलटार फर्कंदै छौँ,’ सापकोटाले भने । आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद विघटन गर्न राष्ट्रतिसमक्ष सिफरिस गर्ने निर्णग गरेको थियो ।

प्रकाशित मिति : ५ पुष २०७७, आइतवार ११:५०