काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको निर्णय संविधान विपरीत भएको बताएका छन्।
पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीले यसलाई स्वीकार गर्न नहुने बताएका छन्।
‘म यस्ता मुलुक र लोकतन्त्रलाई अस्थिरता र संकटतर्फ धकेल्ने गैरलोकतान्त्रिक कदमको घोर भत्सर्ना गर्दछु,’ उनले भनेका छन्, ‘यो संविधान विपरीत छ। लोकतन्त्रको मर्म विपरीत छ।’
ओलीको कदम राष्ट्र हित विपरीत भएको पौडेलको भनाइ छ। उनले विघटनको प्रस्ताव तत्काल फिर्ता गर्नुपर्ने बताएका छन्।
सत्यपाटी ।