सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री ओलीले संविधान र लोकतन्त्र ध्वस्त बनाएः जसपा अध्यक्ष उपेन्द्र यादव

काठमाडौं । प्रधानमन्त्री केपी ओली संसद विघटन गर्न राष्ट्रपति विद्या भण्डारीसमक्ष सिफारिश गरेपछि यसको सर्वत्र आलोचना भएको छ ।

प्रतिपक्ष दल जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीको यस कदमलार्य प्रतिगमनको पराकाष्ठाको संज्ञा दिनुभएको छ ।

ओलीको कदम नेपालको संविधान र लोकतन्त्रलाई ध्वस्त बनाउने गरी आएको र यो प्रतिगमनकारी कदम भएकाले यसविरुद्ध लड्नुको विकल्प नभएको टिप्पणी गर्नुभएको छ ।

सोही पाटीृका अर्का नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि ओली कदमको तीब्र आलोचना गर्नुभएको छ ।

प्रकाशित मिति : ५ पुष २०७७, आइतवार ११:४५