सूचनाको शक्ति - The Power Of Information

        

BREAKING

संसद विघटनको सिफारिस बोकेर प्रधानमन्त्री शीतल निवासमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस बोकेर राष्ट्रपति निवास शीतल निवास पुगेका छन् ।

आज बिहान आकस्मिकरुपमा मन्त्रिपरिषदको बैठक डाकेर प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गर्ने निर्णय गराएका थिए । प्रधानमन्त्रीको सिफारिस अनुसार राष्ट्रपतिले संसद विघटन गर्ने विषयमा विवाद सुरु भएको छ ।

सत्तारुढ नेकपाकै नेताहरू, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, जसपाका नेता बाबुराम भट्टराईले वर्तमान संविधानले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएको भन्दै प्रधानमन्त्रीको असंवैधानिक कदमलाई राष्ट्रपतिले स्वीकृत गर्न नहुने तर्क गरेका छन् । संविधानविदहरूले पनि प्रधानमन्त्रीको संसद विघटन गर्ने कदम असंवैधानिक रहेको बताएका छन् ।

प्रकाशित मिति : ५ पुष २०७७, आइतवार ११:३१