सूचनाको शक्ति - The Power Of Information

        

संसद विघटनको प्रस्तावले लोकतन्त्रको धज्जी उडायो:भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले संसद विघटनको प्रस्तावले लोकतन्त्रको धज्जी उडाएको बताउनु भएको छ ।

संसदीय व्यवस्थामा जस्तो संसद विघटन गरेर अस्थिरता ल्याएको भन्दै संविधानमा सुधारिएको प्रणालीको व्यवस्था गर्दा समेत संसद विघटन हुनु दुखद भएको उहाँले बताउनुभयो ।

आज ट्विटरमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराइले नेकपाको दुई तिहाइ सरकार हुँदा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले गैरजिम्मेवारपूर्ण हर्कत गर्नु भएको आरोप लगाउनु भयो ।

यो लोकतन्त्रको मर्म विपरित भएको भट्टराईको भनाइ छ ।

प्रकाशित मिति : ५ पुष २०७७, आइतवार ११:४०