सूचनाको शक्ति - The Power Of Information

        

BREAKING

संसद विघटन सिफारिस प्रधानमन्त्रीको असंवैधानिक कदम : संविधानविद् अधिकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न राष्ट्रपतिलाइ गरेको सिफारिस असंवैधानिक भएको संविधानविद् डा. विपिन अधिकारीले बताएका छन् । उनले प्रधानमन्त्री ओलीले संविधानमै नभएको उद्दण्ड काम गरेको बताए ।

‘यो घोर असंवैधानिक कदम हो, प्रधानमन्त्रीले उद्दण्ड क्रियाकलाप गर्नुभयो, उहाँसँग संसद विघटन गर्ने कुनै अधिकार छैन,’ अधिकारीले भने, ‘उहाँले दाबी गरे पनि त्यो व्यवस्था नै छैन, यो २०४७ सालको संविधानजस्तो होइन ।’

संविधानविद् अधिकारीले प्रधानमन्त्रीको संसद विघटन गर्ने सिफारिस सदर गर्न नहुने पनि बताए । ‘राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिस सदर गरेपनि नगरेपनि अदालतबाट खारेज हुन्छ,’ अधिकारीले थपे, ‘राष्ट्रपतिले यसलाई तत्काल स्वीकार गर्नुहुन्न र फिर्ता पठाइदिनुपर्छ ।’

प्रकाशित मिति : ५ पुष २०७७, आइतवार ११:२२