सूचनाको शक्ति - The Power Of Information

        

BREAKING

संसद विघटनको सिफारिस भएपछि प्रधानमन्त्रीसँग छलफल गर्न प्रचण्ड बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकमा प्रतिनिधि सभा विघटन गर्ने प्रस्ताव राखेपछि सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफल गर्न बालुवाटार पुगेका छन् ।

सत्तारुढ नेकपाभित्रको विवाद चरम अवस्थामा पुगेको बेला प्रधानमन्त्री ओलीले संसद नै विघटन गर्ने सिफारिश गरेपछि ओलीसँग छलफल गर्न प्रचण्ड आकस्मिकरुपमा बालुवाटार पुगेका हुन् । संसद विघटनको प्रस्तावसँगै सत्तारुढ नेकपाले विघटनको बाटो समात्ने र देश अस्थिरतामा जाने नेताहरूले प्रारम्भिक टिप्पणी गरेका छन् ।

आजै बसेको आकस्मिक मन्त्रिपरिषदको बैठकले प्रतिनिधिसभा विघटन गर्ने सिफारिश गरेको छ । आज आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको छ । सत्तारुढ नेकपाभित्र विवाद चुलिएपछि संकटमा परेका प्रधानमन्त्री ओलीले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने प्रस्ताव मन्त्रिपरिषदमा राखेको एक मन्त्रीले बताए ।

सत्तारुढ दलभित्रै अल्पमतमा रहेका प्रधानमन्त्रीको राजीनामाको माग चर्किरहेका बेला संसद अधिवेशन माग भएपछि प्रधानमन्त्रीले प्रतिनिधि सभा नै विघटन गर्ने कदम चालेका हुन् । वर्तमान संविधानले भने प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिएको संविधानविदहरूले बताउँदै आएका छन् ।

प्रकाशित मिति : ५ पुष २०७७, आइतवार ११:१२