सूचनाको शक्ति - The Power Of Information

        

संसद विघटनको सिफारिश भएपछि प्रधानमन्त्री ओलीसँग छलफल गर्न प्रचण्ड बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकमा प्रतिनिधि सभा विघटन गर्ने प्रस्ताव राखेपछि सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफल गर्न बालुवाटार पुगेका छन्।

सत्तारुढ नेकपाभित्रको विवाद चरम अवस्थामा पुगेको बेला प्रधानमन्त्री ओलीले संसद नै विघटन गर्ने सिफारिश गरेपछि ओलीसँग छलफल गर्न प्रचण्ड आकस्मिक रुपमा बालुवाटार पुगेका हुन्।

संसद विघटनको प्रस्तावसँगै सत्तारुढ नेकपाले विघटनको बाटो समात्ने र देश अस्थिरतामा जाने नेताहरूले प्रारम्भिक टिप्पणी गरेका छन्।

प्रकाशित मिति : ५ पुष २०७७, आइतवार ११:१०