सूचनाको शक्ति - The Power Of Information

        

२०७७ पुष ५ गते आइतबारको राशिफल : मेष भाग्यशाली, कन्यालाई हानी

२०७७ पुस ५ गते, आइतवार, २० डिसेम्बर २०२० । मार्ग शुक्लपक्ष, षष्ठी तिथि (१७ः४३ बजेपछि सप्तमी), शतभिषा नक्षत्र, चन्द्रराशि, कुम्भ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । वैदेशिक क्षेत्रका अधूरा कार्यबाट सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

बोलीको भरमा कार्य सम्पादन हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । धार्मिक यात्राको योगछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । धार्मिक सांस्कृतिक सभा–समारोहमा सरिक हुने अवसर मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । वस्त्र लाभ पनि हुनसक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । मुद्धा मामिलामा सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । भाग्यले विभिन्न अवसर जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । विशेष यात्रा हुनसक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । समय प्रतिकुल भई कुलतमा मन जानेछ । झैँ–झमेलाको अवस्था पनि आउला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

लाभ, हानी, आय, व्यय, सुख, दुख वरावरी मध्यम खालको दिन छ, साथै प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । लाभदायक यात्रा पनि हुनसक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज छोटो दुरीको लाभदायक यात्रा हुनेछ । राज्यबाट मान सम्मान मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । वाहान सुख पनि मिल्नेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ । आकस्मिक धन लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । घरायसी विवाद बढ्नेछ । चोटपटक पनि लाग्न सक्छ ।

प्रकाशित मिति : ५ पुष २०७७, आइतवार ०७:३४