सूचनाको शक्ति - The Power Of Information

        

भारतविरुद्धको पहिलो टेस्टमा अस्ट्रेलियाको शानदार जित

काठमाडौँ । अस्ट्रेलियाले भारतविरुद्धको पहिलो टेस्टमा शानदार जित हासिल गरेको छ ।

खेलको तेस्रो दिन भारतले दिएको ९० रनको लक्ष्य अस्ट्रेलियाले ८ विकेट गुमाएर पुरा गरेपछि अस्ट्रेलिया ८ विकेटले विजयी भएको हो ।

यस अघि भारत पहिलो इनिंगमा २४४ रनमा आउट भएको थियो भने अस्टेलिया आफ्नो पहिलो इनिंगमा १९१ रनमा आउट भएको थियो ।

पहिलो इनिंगमा ५३ रनको अग्रता पाएको भारत दोस्रो इनिंगमा केबल ३६ रनमा समेटिएको थियो ।

योसँगै ४ खेलको टेस्ट सिरिजमा अस्ट्रेलिया १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल डिसेम्बर २६ देखि शुरु हुने छ ।

भारतको अहिलेसम्मकै खराब प्रदर्शन

भारतले टेस्ट क्रिकेटको इतिहासमा भारत अहिलेसम्मकै कम रन बनाएको छ । यस अघि भारतले सन १९७४ मा इङल्याण्डविरुद्ध केवल ४२ रन बनाएको थियो ।

त्यस्तै टेस्ट क्रिकेटमा सबै भन्दा कम रनमा आउट हुने भारत तेस्रो टिम बनेको छ । यस अघि सन १९५५ मा न्युजील्याण्ड २६ रनमा आउट भएको थियो । कम रनमा आउट हुने रेकर्ड अहिलेपनि न्युजील्याण्डको नाममा रहेको छ ।

त्यस्तै दोस्रो कम रन ३० मा आउट हुने रेकर्ड दक्षिण अफ्रीकाको नाममा पनि रहेको छ । दक्षिण अफ्रीका १८९६ र १९२४ मा ३०-३० रनमा आउट भएको थियो । त्यस्तै तेस्रो टिममा भारतसँगै अस्ट्रेलिया रहेको छ ।

प्रकाशित मिति : ४ पुष २०७७, शनिबार १३:५५