नयाँ दिल्ली । जब कुनै बहस झगडमा परिवर्तन हुन लाग्छ, त्यहाँ गालीको पोर्रा छुट्छ । यो बहस र झगडा दुई पुरुषबीच भए पनि गोली भने महिला अधारित हुन्छ । कुल मिलाएर गालीहरुको केन्द्रमा महिला नै हुन्छन् । यस्ता गालीहरुलाई मानिसहरुको शब्दकोषबाट हटाउने उद्देश्यले दुई युवतिहरुले ‘द गाली प्रोजेक्ट’ शुरु गरे । जसले गालीहरुको अन्य विकल्प दिन सकियोस ।
यो प्रोजेक्टसँग सम्बन्धिच मुम्बईकी नेहा ठाकुर भन्छिन्, ‘हामीले हेरिरहेका छौं, ओभर द टप –ओटीटी) प्लेटफर्म वा अनलाईनमा जो सीरीज आइरहेका छन्, त्यसमा धेरैभन्दा धेरै भाषा नराम्रो हुँदै गइरहेको छ । जब हामी युवा वा मानिसहरुमा गालीको प्रयोगबारे प्रतिक्रिया माग्थ्यौं, उनीहरु भन्थे, यसमा आपत्ति के छ ? इट्स फर फन ।’ नेहाका अनुसार ‘आजकलको माहोलमा रिस उठ्नु र गाली गर्नुको कारण कैयौं छन् ।
जस्तै सरकारसँगी असन्तुष्टि, आउँदा जाँदा समस्या, जागिर, रिलेशनसिप । मानिसहरुमा तनाव यति बढेको छ कि गालीहरु मुखबाट निस्कनु स्वभाविक जस्तै लाग्छ । त्यसैले गाली प्रोजेक्ट ल्याउनुको उद्देश्य के भने, गालीमा थोरै परिवर्तन होस । त्यसमा जागरुकता ल्याउनु पनि उद्देश्य हो । दुई पुरुषबीचको लडाईँमा पनि महिलामाथि गाली, जातिगत भेदभाव वा समुदाय विशेषमा दिइने गालीको सट्टा यस्तो गालीको प्रयोग गर्नुहोस्, जसले गाली खानेलाई पनि दुःख नलागोस र तपाईँको रिस पनि मरोस ।
हाम्रो प्रयास गालीहरुको एक कोष बनाउनु हो । जसमा महिला विरोधी गाली नहुन्, जातीय वा समुदायमा भेदभावपूर्ण नहोस र अपमान वा सानो देखाउने नहोस् ।’ यो प्रोजेक्टबारे थप जानकारी दिँदै कम्युनिकेशन कन्सल्टेन्ट तमन्ना मिश्रा भन्छिन्, ‘हामी मानिसहरुलाई गाली गर्नबाट रोक्न खोजिरहेका छैनौं । हामी उनीहरुलाई यस्ता शब्दको विकल्प दिइरहेका छौं, जसमा तपाईँ आफ्नो कुरा पनि भन्नु हुन्छ र रमाइलो पनि हुन्छ ।’
उनी अगाडि थप्छिन्, ‘यो प्रोजेक्ट शुरु गर्नका लागि हामीले एक गूगल फर्म बनायौं र आफ्ना साथी, नातेदार र अन्य मासत्यपाटीनिसहरुलाई यो फर्ममा आफूलाई मन परेको गाली तर महिला, जातीय वा समूदायलाई टार्गेट नभएको गाली लेख्न भन्यौं । हामीले करिब ८ सय शब्द पायौं जसमा ४० प्रतिशत शब्द यस्ता थिए जसले कुनै न कुनै रुपमा लैगिंग र जातीय अवस्था देखाउँथे । तर यी मध्ये ५०० शब्द यस्ता थिए जसलाई हामी क्लीन भन्न सकिन्थ्यो ।’
यो सूचीमा जम्मा भएका शब्दहरुको अर्थ बुझ्न र जान्नका लागि नेहा र तमन्नाले पहिला ती राज्यमा रहेका आफ्ना साथीहरुसँग कुरा गरे । शब्दहरुको जाँच, परीक्षण र अर्थ बुझेपछि उनीहरुले ती शब्दलाई सामाजिक सञ्जालमा पोस्ट गर्न शुरु गरे । उनीहरुका अनुसार धेरैको प्रतिक्रिया राम्रो थियो । तर, केहीले भने यस्ता क्लीन गाली गरेर गाली गरेको फिल नभएको बताएका थिए ।
तमन्ना मिश्राले भनिन्, ‘हामी सामाजिक सञ्जालहरुमा यस्ता शब्दका मेमे बनाएर पोस्ट गर्छौ । हामी गालीको शब्द परिवर्तन गरेर मानिसहरुको सोँच परिवर्तन गर्न चाहन्छौं । तर यो प्रक्रिया सुस्त हुनेछ । तर हामीलाई के थाहा छ भने हरेक पटक बलबाट परिवर्तन आउँछ भन्ने हुँदैन । केही परिवर्तन रमाइलोसँग पनि ल्याउन सकिन्छ । यो हाम्रो प्रयास हो । जस्तै केही शब्द हामीलाई फन्नी लागे भने सामाजिक सञ्जालमा पोस्ट गरिदिन्छौं । जसबाट मानिसहरु विस्तारै बानी पर्दै जान्छन् ।’
तमन्ना र नेहाले आफ्नै तरिकाबाट मानिसहरुमा गाली दिने मानसिकतामा परिवर्तन ल्याउन चाहन्छन् । तर, हाल उनीहरु शुरुआती चरणमा छन् । उनीहरुले भविष्यमा गालीहरुको संगालो पुस्तक पनि प्रकाशित गर्ने तयारी गरेका छन् । तर गाली गर्ने अपसंस्कृति र त्यसमा महिलाहरुलाई तल्लोस्तरमा देखाउने प्रवृति र परम्परा कहाँबाट शुरु भयो होला भन्ने प्रश्न उठ्छ ।
जानकारहरु गाली गर्ने चलन भाषा बनेपछि शुरु भएको हुन सक्ने मान्छन् । हिन्दी र मैथेली साहित्यकी लेख कउषा किरन खान भन्छिन्, ‘यो भन्न कठिन छ गाली कहिले शुरु भयो तर, समाज विकासक्रममा राम्रो र नराम्रोबारे बुझेपछि गालीहरुको शुरुआत भयो होला । किनकी गाली फरक तरिकाले रिस व्यक्त गर्ने तरिका हो ।’
लोक गीतमा गाली
तरपनि लोक गीतमा गालीहरुको प्रयोग हुन्छ । त्यहाँ सम्धी, बेहुलाकी फुपुलाई गाली हाँसी मजाकका लागि दिइन्छ । त्यहाँ कसैलाई तल्लो स्तरको देखाउन गाली दिँदैन, बरु आपसी सामाजिक सौहार्द बढाउनका लागि गाली दिइन्छ । पद्मश्री डा. शान्ति जैन संस्कृतकी प्रोफेसर भइसेकी हुन् । डा. जैन लेख कउषा किरनको कुरालाई अगाडि बढाउँदै भन्छिन्, ‘बिहेपछि जेभार गाउने चलन छ, जसमा गाली गर्ने परम्परा छ ।’
उनी भन्छिन्, ‘तुलसी रामायणमा पनि यस्तो छ । जब राको बिहे हुन्छ, सीताकी भाउजु निकै प्रेमपूर्ण ढंगबाट उनीसँग मजाक गर्छिन् र गाली दिन्छिन् । लोकसाहित्यमा पनि गालीको प्रयोग भएको पाइन्छ । मानिसरु जब झगडा गर्थे उनीहरु गाली दिन्थे । तर क्रोधमा दिइने गालीको फरक प्रभाव छ ।’
गालीहरुको उपयोगबारे लेखक उषा किरन भन्छिन्, ‘साहित्यमा पनि गालीहरु हुँदैनथ्यो । निकै परिष्कृत हुन्थ्यो । जस्तै संस्कृत, पाली, प्राकृत र दक्षिणको भाषाहरु जो संस्कृतबाटै विकसित भएका हुन् । ती लोकजीवनका भाषा थिए । त्यसमा लिखित गालीहरु देखिँदैनन् । संस्कृतमा गाली छैनन् । बस दुष्ट र कृपण जस्ता शब्द देखिन्छन् । तर १००० वर्षदेखि जब मानिसहरु बाहिरबाट आउन थाले त्यो बेलादेखि गालीहरु विकसित भए होलान् ।’
तर गालीहरुको यो अपसंस्कृतिमा महिलाहरुको नाम किन जोडिन थाल्यो ? यसको जवाफमा उनी भन्छिन्, ‘वैदिक कालमा महिला र पुरुष बराबर थिए । तर पछि स्त्रीहरुको महत्व घट्न थाल्यो र पुरुषहरुको वर्चस्व बढ्न लाग्यो । र महिलाको सुरक्षाको दायित्व पुरुषमाथि पर्न थाल्यो । विस्तारै विस्तै स्त्रीहरु पुरुषको प्रतिष्ठाको विषय बन्न थाले । र युद्धमा कोही हार्यो भने उसले आफ्नी छोरी दिन थाले । यस्तै समयमा गालीको विकास भयो ।
उनका अनुसार स्त्री सुरक्षा ठूलो विषय बन्यो र स्त्री पुरुषको सम्पत्ति बन्न थाले र त्यो सम्पत्तिलाई गाली दिन थालियो । यी गाली दिएर पुरुषले आफ्नो अहंकारको तुष्टि गर्न थाले । यसैप्रकारले यो चलन आधुनिक कालसम्म आइपुग्यो । समाजशास्त्री तथा प्रोफेसर बदरी नारायाण् पनि मान्छन्, पहिलाको समाज वा आदिवासी समाजमा महिलाहरु प्रतिष्ठित मानिन्थे । तर पछि महिलाहरु इज्जतको प्रतिकका रुपमा मानिन थाले ।
इज्जत बचाउने हो भने त्यसलाई लुकानु पर्यो । महिलाहरु समाजमा कमजोर मानिन थाले । तपाईँ कसैलाई कमजोर वा तल्लो स्तरको देखाउँन चाहनु हुन्छ भने उसको घरकी आमा, छोरीलाई गाली गर्नुहोस । यही सोचाईँले महिलाहरु गालीको टार्गेट बन्न थाले । डा. शान्ति जैन नारी शक्तिको कुरा भए पनि अझै पनि महिला दोयम दर्जामै रहेको बताउँछिन् । उनले पढेलेखेका महिलाहरु पनि प्रताडित भइरहेको बताइन् ।
उनी भन्छिन्, ‘तपाई कसैलाई अपमानित गर्न चाहनुहुन्छ भने, तपाईँ उसकी घरकी महिलालाई गाली गर्नु हुन्छ । यसो गरेपछि उसको चरम अपमान हुन्छ । र यसैले पुरुषको अहंकारलाई सन्तुष्ट गर्छ । कुनै परुषसँग बदला दिलु छ भने उसकी घरकी महिलालाई अपहरण गरिन्छ । महिला अपमान गर्ने माध्यम बने ।’
बीबीसी ।