सूचनाको शक्ति - The Power Of Information

        

अफगानिस्तानको पूर्वी क्षेत्रमा बिस्फोट, १५ बालबालिकाको मृत्यु

काठमाडौं ।  अफगानिस्तानको पूर्वी प्रान्त गाज्नीमा बिस्फोट हुँदा १५ बालबालिकाको ज्यान गएको छ । अरु २० जना घाइते भएका छन् । गाज्नीको गिलान जिल्लामा बिस्फोट भएको हो । बिस्फोटको कारण खुलेको छैन ।

रिक्साको पछाडि बम बिस्फोट भएको हो । तर स्थानीय बासिन्दाले बालबालिकाले स्थानीय व्यापारीलाई बेच्न खोजेका क्रममा बिस्फोटक पदार्थ बिस्फोट भएको हो । तालिबान बिद्रोहीले दुर्घटनाबस बिस्फोट भएको बताएको छ ।

प्रकाशित मिति : ४ पुष २०७७, शनिबार ०९:०५