सूचनाको शक्ति - The Power Of Information

        

बोकोहरामको अपहरणमा परेका ३४४ बालबालिका अपहरण मुक्त

काठमाडौं । नाइजेरियाको एक विद्यालयबाट एक साताअघि अपहरणमा परेका तीन सय ४४ जना स्कुले विद्यार्थी सकुशल अपहरण मुक्त भएका छन् ।

नाइजेरियाको उत्तर पश्चिम क्षेत्रमा पर्ने कातसिना सहरमा रहेको एक स्कुलबाट एक साताअघि अपहरणमा परेका ३४४ बालकलाई शुक्रबार उद्धार गरिएको अधिकारीहरुले जनाएका छन् । स्कुले विद्यार्थी अपहरणको जिम्मा बोकोहरामले लिएको थियो ।

स्थानीय टेलिभिजनले अपहरण मुक्त भएका बालक ब्ल्यांकेट बोकेर खाली खुट्टा पैदल हिँडेर घर फर्कँदै गरेको दृश्य देखाएका छन् । उद्धारपछि उनीहरुका अभिभावकहरुले खुसी व्यक्त गरेका छन् ।

गत साता सशस्त्र समूह बोको हरामका लडाकुले उनीहरुलाई स्कुलबाट अपहरण गरी रुगु जंगलतर्फ लगेका थिए । बोकोहरामले स्कुले विद्यार्थीलाई अपहरणपछि जिहादी लडाकु बनाउने गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ४ पुष २०७७, शनिबार ०९:०४