काठमाडौं । सर्वोच्व अदालत बार एशोसिएसनको नयाँ कार्यसमितिका लागि आज शनिबार निर्वाचन हुँदैछ।
प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनाल र वृहत लोकतान्त्रिक समावेशी (मेधेशी, आदिवासी, जनजाती) पेशागत कानुन व्यवासायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले गरेका छन्।
सर्वोच्च बारको प्रमुख निर्वाचन अधिकृत राजु खड्काका अनुसार सर्वोच्च बारमा सदस्य जम्मा ६०५ जना कानुनी व्यवसायीले मतदान गर्दैछन्। बिहान ८ बजेदेखि २ बजेसम्म निर्वाचनको समय तोकिएको छ ।
सर्वोच्च बारका सदस्यमा कोभिडको सङ्क्रमण भएको सदस्य भएमा लाइनमा नबसीकन सिधै मतदान गर्ने व्यवस्था गरिएको छ । सर्वोच्च बारले यसपटक मत माग्दै प्रचारप्रसारको सामग्री कागज बाँडने काममा प्रतिवन्ध लगाएको छ ।
सत्यपाटी ।