सूचनाको शक्ति - The Power Of Information

        

प्रविधि हमला

अमेरिकाको ऊर्जा विभागमा ‘अहिलेसम्मकै ठूलो साइबर आक्रमण’

बीबीसी । अमेरिकाको ऊर्जा विभागले आफूविरुद्ध साइबर आक्रमण भएको बताएको छ । अमेरिकी सरकारले आफ्ना विभागविरुद्धको यो साइबर हमला अहिलेसम्मकै ठूलो भएको जनाएको छ । अमेरिकाको उक्त विभाग परमाणु हतियार रेखदेख गर्ने निकाय हो । तर साइबर आक्रमणले हतियार भण्डारणमा कुनै असर नपरेको विभागले दाबी गरेको छ ।

टेक कम्पनी माइक्रोसफ्टले पनि बिहीबार आफ्नो सिस्टममा खतरनाक सफ्टवेर भेटिएको बताएको थियो । यो साइबर हमला रुसले गरेको आशंका गरिएको छ तर रुसले यसलाई अस्वीकार गरेको छ । साइबर हमलाबारे अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेसम्म कुनै प्रतिकिया दिएका छैनन् ।

प्रकाशित मिति : ४ पुष २०७७, शनिबार ०८:५३