आउ बितेका पलका कुरा गरौं ।
सम्झेका पल पलका कुरा गरौं ।।
काँडा बिझेका पलका कुरा गरौं ।
हिसाब रहल पहलका कुरा गरौं ।।
चुट्टिएका ती चप्पलका कुरा गरौं ।
त्यो नदीको कलकलका कुरा गरौं ।।
समयले हामीलाई अर्कै के बनायो ।
हाम्रो आफ्नै अलमलका कुरा गरौं ।।
०४ पुष २०७७
बाँसगढी, बर्दिया
सीता पौडेल ।