सूचनाको शक्ति - The Power Of Information

        

२०७७ पुस ४ गते तपाईको शनिबार : वृषलाई चिन्ता, कुम्भलाई चुनौती

२०७७ पुस ४ गते, शनिवार, १९ डिसेम्बर २०२० । मार्ग शुक्लपक्ष, पञ्चमी तिथि (१७ः१७ बजेपछि षष्ठी), धनिष्ठा नक्षत्र, चन्द्रराशि– मकर, १०ः४६ बजेदेखि कुम्भ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । मध्याह्नदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्ला । अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । मध्याह्नदेखि व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । आँटले काम पूरा हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ । शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । मध्याह्नदेखि स्थितिमा सुधार आउनाले नयाँ काम गर्ने अवसर जुट्नेछ । विशेष भेटघाटले उत्साह जगाउनेछ । प्रयत्न गर्दा सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ । छिद्र खोतल्नेहरूबाट भने अलि सावधान रहनुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

थोरै भए पनि व्यापारमा लाभ हुनेछ । प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ । काममा परिवारजनको साथले उत्साहित भइनेछ । मध्याह्नदेखि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ । स्वास्थ्य कमजोर रहनाले चिताएको काम सम्पादन गर्न नसकिएला । श्रमपूर्वक समर्पित हुँदा पनि तत्काल कामको मूल्य प्राप्त नहुन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ । मध्याह्नदेखि घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सुरुमा प्रतीक्षा गरिएको नतिजा सकारात्मक नहुन सक्छ । सहयोगीहरूले साथ दिन छाड्नेछन् भने अस्वस्थताले कमजोर महसुस हुनेछ । व्यवसायमा सोचेको फाइदा नउठ्न सक्छ । मध्याह्नदेखि प्रातिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा अधिकार जमाउन सफल भइनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ । बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ । अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ । समयको मागअनुसार चल्न नसक्दा चिताएको काममा विलम्ब हुन सक्छ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । हल्लाको पछि लाग्दा दुःख पाइनेछ । मध्याह्नदेखि अध्ययनमा प्रगति हुनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

स्रोतसाधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । मध्याह्नपछि भने आफन्तहरू अलि टाढिन सक्छन् । पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला । पशुधनबाट लाभ उठाउन सकिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

विवादास्पद अभिव्यक्तिले केही समस्या निम्त्याउला । सोचेको समयमा काम पूरा नहुन सक्छ । तापनि अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । मध्याह्नदेखि स्थितिमा सुधार आउनाले प्रतीक्षा गरिएको नतिजाले उत्साह जगाउनेछ । शुभचिन्तकहरूको साथ जुट्नाले रोकिएका काम बन्नेछन् । मिहिनेतले प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । व्यापार–व्यवसायमा पनि लाभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

अवसरले पछ्याए पनि केही चुनौतीहरूसँग जुध्नुपर्नेछ । अरूका लागि जुट्दैमा समय बित्न सक्छ । तापनि, प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । मध्याह्नदेखि अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता हुनेछ । सुखद् समाचार आउनाले पनि उत्साह जाग्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । समय दिन नसक्दा काम बिग्रन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ । तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ । मध्याह्नपछि पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । सहयोगीहरूले साथ दिनेछन् भने नयाँ कामको प्रस्ताव आउनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । मध्याह्नपछि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ । काम रोकिने र फजुल खर्च बढ्ने समय छ । तापनि, मिहिनेतले केही काम सम्पादन हुनेछन् । प्रयत्न गर्दा देश–विदेश घुम्ने अवसर प्राप्त हुनेछ ।

प्रकाशित मिति : ४ पुष २०७७, शनिबार ०८:२८