सूचनाको शक्ति - The Power Of Information

        

दरबारमार्गबाट ५ लाखसहित ८ जुवाडे पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका १, दरबारमार्गस्थित वानओक रेस्टुरेन्ट एन्ड लन्चबारको तेस्रो तलामा गएराति तास खेलिरहेको अवस्थामा आठ जुवाडे पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका ७, बस्ने २८ वर्षीय प्रकाश लामालगायत आठजना छन् ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा नगद पाँच लाख १८ हजार रुपैयाँ र २७ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : ३ पुष २०७७, शुक्रबार १३:०६