सूचनाको शक्ति - The Power Of Information

        

बलिउडकी हिट गायिका नेहा कक्कड आमा बन्दै

काठमाडौं । अक्टुबर २४ मा प्रेमी रोहन प्रीत सिंहसँग बिहे बन्धनमा बाँधिएकी बलिउडकी हिट गायिका नेहा कक्कड आमा बन्ने भएकी छिन् ।

सामाजिक संजालमा उनले तस्वीर शेयर गर्दै आफू आमा बन्न लागेको संकेत गरेकी छिन् । उनको तस्विर अहिले भाइरल भइरहेको छ ।

एक तस्वीर सार्वजनिक गर्दै नेहाले भनेकी छिन्, ‘अब मेरो ख्याल राख ।’ रोहनले पनि नेहासँगको तस्वीर शेयर गरेका छन् । त्यहाँ उनले नेहाको धेरै ख्याल राख्नुपर्ने भनेका छन् ।

नेहाका भाइ टोनी कक्कडले पनि मामा बन्न लागेकोमा खुसी व्यक्त गरेका छन् । नेहाको तस्विर सार्वजनिक भएसँगै उनका नजिकका साथिभाई, आफ्ना आफन्त, फ्यान तथा चिकित्सिकहरुले बधाईको ओइरो लागेको छ ।

तर, अचम्मको कुरा के हो भने नेहाको बिहे भएको २ महिनामै कसरी पेट पुक्क भयो ? यति छिटो आमा बन्न लागेको कसरी संकेत मिल्यो ? कतिपयले उनले शेयर गरेका तस्विरमा प्रश्न समेत सोधेका छन् ।

कतिपयले भने नेहाले आफु गर्भवतीभएपछि बिहे बन्धनमा बाँधिएको समेत भन्ने गरेका छन् । जसले जे भनेपनि नेहाप्रित जोडीलाई हार्दिक बधाई ।

प्रकाशित मिति : ३ पुष २०७७, शुक्रबार १२:५७