काठमाडौं । शुक्रबार स्थानीय बजारमा सुनको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँ बढेको हो ।
हिजो बिहीबार ९३ हजार ५०० रुपैयाँ रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार भने ९४ हजार ३०० रुपैयाँ पुगेको हो ।
सोही परिणामको तेजावी सुनको भाउ आज ९३ हजार ८५० रुपैयाँ पर्नेछ ।
यता चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेको छ ।
यसअघि एक हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज एक हजार २८० रुपैयाँ पर्नेछ ।
सत्यपाटी ।