सूचनाको शक्ति - The Power Of Information

        

अब काेरोना संक्रमितलाई १० दिनभन्दा बढी अस्पताल नराखिने

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमितलाई १० दिनभन्दा बढी समय अस्पतालमा नराख्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका गम्भीर अवस्थाका बिरामीबाहेकलाई १० दिन मात्र आइसोलेसनमा राख्ने निर्णय गरेको हो।

निर्णय कार्यान्वयनका लागि मन्त्रालयको नीति तथा योजना अनुगमन महाशाखाले सबै अस्पताललाई परिपत्र गरेको छ।

अस्पतालमा लक्षण देखिएका कोरोनाका बिरामीको दैनिक अनिवार्य रुपमा हेल्थ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टममा अद्यावधिक गर्नुपर्ने र सोहीअनुसार बिरामी भर्ना गरी उपचार गरेबापत सोधभर्ना हुने मन्त्रालयले जनाएको छ।

साथै निःशुल्क उपचार गरेको सोधभर्ना रकम माग गरिएका बिरामीबाट कुनै पनि शुल्क नलिनसमेत मन्त्रालयले परिपत्रमा उल्लेख गरेको छ।

प्रकाशित मिति : ३ पुष २०७७, शुक्रबार ११:०१