सूचनाको शक्ति - The Power Of Information

        

नेपालका सन्तोष साह बने ‘माष्टरसेफ युके’को उपविजेता

काठमाडौं । नेपाली सेफ सन्तोष साह ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को उपविजेता बनेका छन् ।

प्रतियोगिताको ग्राण्ड फिनालेमा पाल्पाली ढाकाटोपीमा सजिएका सन्तोषले अन्तरर्राष्ट्रिय स्तरको प्लेटफर्ममा नेपाली खानालाई परिचित गराएका छन् ।

अन्तिम राउण्डको प्रतिस्पर्धामा उनले भैंसीको मासु, खोले साग, भेडाको गिदी लगायतका नेपाली परिकार चरेशको थालमा सजाएर पस्किएका थिए।

खानासँगै उनले नेवारी समुदायमा सगुनका रुपमा प्रचलित ‘ऐला’ पनि सर्भ गरेका थिए। यद्यपी प्रतियोगिताको उपाधि भने बेलायतका २५ वर्षीय आलेक्स वेबलले जितेका छन् ।

सिराहाको कर्जन्हामा जन्मेका साह विगत २० वर्षदेखि सेफका रुपमा कार्यरत छन्। उनी पछिल्लो १० वर्षदेखि बेलायतमै सेफको रुपमा काम गरिरहेका छन् ।

प्रकाशित मिति : ३ पुष २०७७, शुक्रबार ०९:२०