काठमाडौं । जग्गा किर्ते गरेको आरोपमा मालपोत कार्यालय पर्साका निमित्त प्रमुख सुमन झासहित ५ कर्मचारी कारागार चलान भएका छन् ।
जग्गा किर्ते नामसारी गरेको अभियोगमा पक्राउ परेका पाँचै जनालाई पर्सा जिल्ला अदालतले पुर्पक्षको लागि कारागार चलान गरेको हो ।
कारागार चलान हुनेहरुमा निमित प्रमुख झासहित मालपोत कार्यालय नायब सुब्बा श्रीनारायणप्रसाद साह, जग्गा कारोबारी विश्वास तिवारी र लेखनदास प्रमेश साह कानुन र किर्ते जग्गा प्रकरणका मुख्य अभियुक्त केवल प्रताप राणा रहेका छन् ।
मालपोत कार्यालयका निम्ति प्रमुख झासहित पाँचै जनालाई वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ मेनरोडस्थित करोडौं मूल्यको जग्गा किर्ते नामसारी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो ।
सत्यपाटी ।