काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सत्तारुढ नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई गाइजात्रा बन्द गर्न सुझाव दिएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा आफ्नो धारणा राख्दै उनले राजसंस्थासहितको लोकतन्त्र पक्षधरलाई समेत लाज लाग्ने गरी गणतन्त्रको धज्जी उडाएको टिप्पणी गरेका छन् । ओली र दाहालको फोटो राखेर उनले लेखेका छन– अब अत्ति भयो, गाईजात्रा बन्द गर्नुहोस्’
राप्रपा अध्यक्ष थापाको भनाइ प्रधानमन्त्री ओलीले एकलौटी रुपमा ल्याएको अध्ययादेश र दाहालसँगको सहमति फिर्ता लिन लागिएको विषयतर्फ लक्षित छ । दुई अध्यक्षबीच सहमति हुँदैमा जे पनि हुने र ओलीले जे पनि गर्ने शैली घातक भएको उनको भनाइ छ।
अध्यक्ष थापाले ओली र दाहाललाई भनेका छन्– हिजो हिमालय पर्वत जस्तो भिमकाय तपाईंहरूको व्यक्तित्व खिया परेर अहिले धुलिसात भैसक्यो । कमसेकम लोकलज्जाको त ख्याल राख्नोस् ।’
सत्यपाटी ।