सूचनाको शक्ति - The Power Of Information

        

नौ महिनापछि आजबाट नेपाल-भारत उडान सुरु

काठमाडौं । नौ महिनादेखि ठप्प रहेको काठमाडौं नयाँ दिल्ली उडान आजबाट सुरु हुने भएको छ ।

नेपाल वायु सेवा निगमको एयरबस ए ३२० विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान साढे ११ बजे दिल्लीका लागि प्रस्थान गर्ने विमानस्थलले जनाएको छ ।

निगमले उडानका लागि सबै आवश्यक प्रक्रिया पूरा गरिसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। उनका अनुसार अहिलेका लागि प्रतिदिन एउटा उडान हुने गरी तयारी भएको छ।

काठमाडौं–नयाँदिल्ली गन्तव्यमा नेपाल–भारत दुवै देशले दैनिक दुई वटा उडान भर्ने निगमले जनाएको छ ।  कोरोना महामारीका कारण अवरुद्ध भएको विमान आवागमन द्विपक्षीय समझदारी अनुसार दुई मुलुकबीचको उडान प्रतिवन्ध फुकुवा गर्दै अन्तर्राष्ट्रिय उडानका लागि गत साता भारतले सहमति जनाएको थियो।

कोरोना महामारी भन्दा अघिसम्म निगमले दिल्लीका लागि प्रत्येक दिन दुई वटा उडान भर्दै आएको थियो। कोभिड–१९को महामारीका कारण चैत ११ गतेबाट  नेपाल–भारत उडान बन्द भएको थियो ।

प्रकाशित मिति : २ पुष २०७७, बिहीबार ०९:००