सूचनाको शक्ति - The Power Of Information

        

चाङ इ–फाइभ चन्द्रमाबाट चट्टान लिएर चीन फर्कियो

काठमाडौं । चीनको चाङ इ–फाइभ यान चन्द्रमाको सहतमा पुगेर पृथ्वीमा फर्किएको छ ।

चन्द्रमाको सतहबाट केही चट्टान लिएर उक्त यान चीन फकिएको बताइएको छ ।

चाङ इ–फाइभ यान स्थानीय समय अनुसार बुधबार मंगोलियाको भितारी क्षेत्रमा अवतरण गरेको बीबीसीले उल्लेख गरेको छ ।

गत नोभेम्बर २४ मा चीनले सो यान दक्षिण चीनको वेनचाङ स्टेशनबाट प्रक्षेपण गरेको थियो ।

चीनले जारी राखेको अनुसन्धानका क्रममा ४० वर्षपछि चन्द्रमामा रहेका नमूना अनुसन्धानका लागि पृथ्वीमा ल्याउन सफल भएको हो ।

चाङ इ–फाइभ यानले पाँच किलो वजन भएको नमूना पृथ्वीमा ल्याएको बताइएको छ ।

यसअघि रुसले सन् १९७६ मा लुना–२४ मिशन यानमार्फत चन्द्र सतहको २ सय ग्राम माटो पृथ्वीम ल्याएको थियो ।

त्यसअघि अमेरिकाको एपोलो ११ यानले पनि चन्द्रमाको सहतहबाट ढुंगा र मोटाको नमूना ल्याएको बताइएको छ । एजेन्सी

प्रकाशित मिति : २ पुष २०७७, बिहीबार ०८:२०