सूचनाको शक्ति - The Power Of Information

        

वीरगन्जबाट ६५ किलो बराबरका चाँदीका गहना बरामद

पर्सा । पर्सा जिल्ला प्रहरीले भारतबाट राजस्व छली गरेर लुकाई छिपाई ल्याई वीरगन्जमा राखेको ठूलो परिमाणमा चाँदीका गहनाहरू बरामद गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका ६ स्थित सुनिता कुमारी सर्राफले घरमा लुकाई छिपाई राखेको अन्दाजी ६५ केजी चाँदीका गहनाहरूबरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

सर्राफको घरमा नजिकै नाममा दर्ता रहेको में जय नरसिंह ज्वेलर्सको पछाडिको कोठामा भण्डारण गरि राखिएको अवस्थामा प्रहरीले छापामारी उक्त गहना बरामद गरेको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।

उनका अनुसार भारतबाट राजस्व छली गरेर विभिन्न प्रकारका चाँदीका गरगहना लुकाई छिपाई राखेको विशेष सूचनाको आधारमा मंगलबार घरकोठा खानतलासी गर्दा घर पछाडिको कोठाबाट तथा सो कोठाको फल्स वाल भित्र लुकाई छिपाई राखेको अवस्थामा चाँदी जस्तो देखिने सेतो धातुबाट बनेको गरगहना फेला परेको हो।

‘बरामद गरिएको गरगहनाको बनोट हेर्दा भारतबाटै ल्याएको जस्तो देखिन्छ तर उनीहरुले आवश्यक कागजातहरु देखाउन नसकेपछि बरामद गरेर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ,’ प्रहरी उपरीक्षक पन्तले भनिन्।

बरामद गरिएको चाँदीको गरगहना अन्दाजी ५५ लाख मूल्य बराबर रहेको छ भने तीं गरगहनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई आवश्यक अनुसन्धान भइरहेको बताइएको छ।

चाँदी नेपालबाट भारततर्फ तस्कारी हुने गरेको भएपनि तयारी गरगहना भारतबाट नेपाल भित्रिने गरेको छ।

प्रकाशित मिति : १ पुष २०७७, बुधबार ०९:०५