सूचनाको शक्ति - The Power Of Information

        

नेपालका सन्तोष ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ को शीर्ष चारमा

काठमाडौं । नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२० यूके’ को शीर्ष चारमा पुग्न सफल हुनुभएको छ ।

नेपाली परिकार लिएर प्रतिस्पर्धामा गएका सन्तोष शाह १६औं संस्करणको अन्तिम चारमा पुग्नु भएको हो ।

साह मंगलबार राति फाइनल चरणको पहिलो समूहबाट शीर्ष चारमा पुग्न सफल हुनु भएको हो ।

उहाँँले यस चरणमा डिजर्टको रुपमा नेपाली मौलिक कोदोको खिर, आँपको कुल्फी र आँपको ‘अमौरा’ बनाएर निर्णयकलाई पस्किनु भएको थियो । साहले हरेक चरणमा नेपाली मौलिक खानाको परिकार बनाउँदै आउनु भएको छ ।

१० नोभेम्बरबाट शुरु भएको उक्त प्रतियोगीतामा सन्तोषले पहिलो राउन्डमा जजले दिएको परिकार तयार गर्नु भएको थियो भने दोस्रो राउण्डमा आफैले नेपाली परिकार तयार पार्नु भएको थियो ।

प्रकाशित मिति : १ पुष २०७७, बुधबार ०८:४२