सूचनाको शक्ति - The Power Of Information

        

तराईमा हुस्सु लाग्ने, काठमाडौंको तापक्रम पनि न्यून

काठमाडौं । पश्चिमी वायुको आंशिक तथा अरबियन सागरमा रहेको न्युन चापीय क्षेत्रको प्रभावका कारण हाल प्रदेश २, वाग्गमती प्रदेशका भूभागहरुमा आँशिक देखि सामान्य बदली तथा पूर्वी र पश्चिमी तराईका केहि भूभागहरुमा हुस्सु र कुहिरो लागेको छ।

प्रदेश १, २ र वाग्मती प्रदेशका केही भागमा मौसम सामान्य बदली रहने र बाँकी भागको मौसम सफा रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा महाशाखाले जनाएको छ ।

दिउँसो प्रदेश १, २, तथा गण्डकी प्रदेशका भूभागहरुमा आँशिक देखि सामान्य बदली रही बाँकि भूभागमा आँशिक बदली रहनेछ ।

आज साँझ देशको पहाडी भूभागहरुमा आँशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ । काठमाडौं उपत्यकाको मौसम पनि सफा रहने महाशाखाले जनाएको छ ।

काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने छ ।

आज बिहान सूर्योदय ६ बजेर ४८ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १२ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : १ पुष २०७७, बुधबार ०८:३७