सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस पदाधिकारी बैठक बस्दै, अध्यादेश प्रकरण र देशव्यापी विरोध कार्यक्रमको समीक्षा गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक आज बस्दै छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवासमा दिउँसो १ बजे बस्ने बैठकमा सरकारले ल्याएको अध्यादेश र देशभर काँग्रेसले गरेको विरोधसभाको समीक्षालगायतका विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा पदाधिकारी र पूर्वपदाधिकारी सहभागी हुने बताइएको छ । कोरम नपुगेर पटक–पटक संवैधानिक परिषद् बैठक स्थगित भएपछि सरकारले हिजो राष्ट्रपतिसमक्ष संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गरेको थियो ।

लगत्तै राष्ट्रपतिले अध्यादेश जारी गर्नुभएको थियो । उक्त अध्यादेशमा परिषद् बैठकका लागि गणपुरक संख्या ३ जनामात्र भए पनि हुने उल्लेख छ ।

यसअघि बैठक बस्नको लागि परिषद् अध्यक्ष र कम्तिमा चार जना उपस्थित हुनुपर्ने प्रावधान थियो ।

प्रकाशित मिति : १ पुष २०७७, बुधबार ०८:३३