सूचनाको शक्ति - The Power Of Information

        

नेकपाभित्रको विवाद

नेकपा स्थायी कमिटी बैठक बस्दै, अध्यादेश फिर्ता लिन बहुमत सचिवालय सदस्यको माग

सचिवालयका बहुमत सदस्यहरु असन्तुष्ट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ ।

आइतबार बसेको बैठकले शोक प्रस्ताव पारित गर्दै आजसम्मका लागि स्थगित भएको थियो ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा कुनै परामर्श नगरि संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि नेकपा भित्र नै तरंग पैदा भएको छ ।

प्रधानमन्त्री ओलीले हिजो संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका बहुमत सदस्यहरु असन्तुष्ट बनेका छन ।

ओलीले पार्टीमा परामर्श नै नगरी ल्याइएको अध्यादेश फिर्ता गर्नुपर्ने उनीहरुको माग छ ।

अध्यादेश जारी भएलगत्तै असन्तुष्ट स्थायी कमिटीका बहुमत सदस्य हिजो दाहाल निवास खुमलटारमा भेला भएका थिए ।

उनीहरुले आज बस्ने बैठकमा प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता लिन निर्देशन दिने निष्कर्ष निकालेका छन ।

पार्टीभित्र देखिएको अन्तरविरोध र यसले निम्त्याएको समस्या समाधानमा केन्द्रित हुने बेला प्रधानमन्त्रीले अध्यादेश ल्याएपछि नेकपाभित्रको विवाद झन चर्किएको छ ।

प्रकाशित मिति : १ पुष २०७७, बुधबार ०८:१०