सूचनाको शक्ति - The Power Of Information

        

नेकपामा बबण्डरः सरकारले ल्यायो संवैधानिक परिषदसम्बन्धि अध्यादेश

काठमाडौं  । सरकारले संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादले संवैधानिक परिषद्को बैठक अबरुद्ध भइरहेको बेला सरकारले संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याएको हो ।

मन्त्रिपरिषद् बैठकको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अध्यादेश जारी गर्नुभएको हो । राष्ट्रपति भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गर्नुभएको हो ।

नेकपाभित्रको विवादकै कारण प्रधानमन्त्री ओलीले आज विहान बोलाएको परिषदको बैठक सभामुख अग्नि सापकोटाले बहिष्कार गर्नुभएको थियो ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको इशारामा सापकोटाले बैठक बहिष्कार गरेपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएर संवैधानिक परिषद बैठकको गणपुरक सम्बन्धि व्यवस्था नै फेरबदल गर्न अध्यादेश ल्याउनु भएको हो ।

प्रधानमन्त्री ओलीले आजै साँझ ५ बजेलाई फेरि परिषदको बैठक बोलाउनुभएको छ । साँझ बैठक बस्नु अगावै उहाँले मन्त्रिपरिषद बैठक राखेर अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाएर जारी गराउनुभएको हो ।

नेकपामा बबण्डरः सरकारले ल्यायो संवैधानिक परिषदसम्बन्धि अध्यादेश

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलवार १६:३६