सूचनाको शक्ति - The Power Of Information

        

रोकिराखेको ट्रकको पछाडि ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

दाङ  । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ देउखरीको राप्ती गाउँपालिका–८ बिजौरीमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा राप्ती गाउँपालिका वडा नं. ७ निवासी २७ वर्षीय अनिल चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

उनी मोटरसाइकल चालक हुन् । उनले चलाएको रा ३ प १३७३ नम्बरको मोटरसाइकल सोमबार राति सडकमा रोकिराखेको लु १ ख ७००६ नम्बरको ट्रकको पछाडि ठोक्किएको थियो ।

दुर्घटनामा घाइते भएका चौधरीको उपचारका लागि लमही लैजाँदै गर्दा बाटोमै मृत्यु भएको भालुबाङ प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलवार ०८:४७